धनगढीको मतगणना स्थलबाट हटाइयो सिसिटिभी


धनगढी उपमहानरपालिकाको मतगणना स्थानमा राखिएको सिसिटिभी हटाइएको छ। शुक्रबार राति त्यही सिसिटिभीबारे उत्पन्न विवादले केहीबेर मतगणना नै अवरुद्ध भएपछि सबैको सहमतिअनुसार सिसिटिभी हटाइएको हो।

स्रोतका अनुसार सिसिटिभी राख्ने कम्पनीले मतगणना स्थल बाहिर पनि त्यसले खिचेको भिडियो हेर्न मिल्ने बनाएकाले विवाद उब्जेको हो।

उक्त कम्पनीले गोप्य रूपमा मतगणना स्थलको भिडियो हेरेको आरोप लगाउँदै नेपाली कांग्रेसका प्रतिनिधिले विरोध गरेपछि गणना रोकिएको थियो।

कांग्रेस प्रतिनिधिले अर्को कुनै उम्मेदवारले कम्पनीसँग मिलेर यस्तो कार्य गरेको आरोप लगाएका थिए। यस विषयमा विवाद भएपछि सिसिटिभी हटाउने सहमति भएको थियो।

सहमतिमा मतगणना सुचारु भएको छ। प्राप्त पछिल्लो मत परिणामअनुसार कांग्रेसका नृप वड २२६७ मतका साथ अगाडि छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.