धरानमा १९५ मतका साथ कांग्रेसको अग्रता कायम


सुनसरीको धरान उपमहानगरपालिकामा शनिबार बिहान ६ बजेसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेस १९५ मतले अगाडि छ।

स्थानीय निर्वाचन अधिकृतका अनुसार यहाँ कांग्रेसका तिलक राई १६८२ मत ल्याएर अग्रस्थानमा छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका तारा सुब्बा १४८७ मत ल्याएर राईलाई पछ्याइरहेका छन्। यहाँ माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा ९०० मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकै श्यामा रेग्मी १६६८ मतका साथ अगाडि छिन् भने एमालेकी मञ्जु भण्डारी सुवेदी १५४७ मतसहित पछ्याइरहेकी छन्। माओवादी केन्द्रकी पारस काङवाङ २७३ मत ल्याएर तेस्रो स्थानमा छिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.