दाङको बंगलाचुलीमा माओवादी विजयी

दाङको बंगलाचुलीमा माओवादी विजयी


दाङको बंगलाचुली गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जितेको हो। माओवादी केन्द्रका उम्मेद्वार भक्तबहादुर ओलीले ३ हजार ३ सय ५२ मत पाएर विजयी भएका हुन्। उपाध्यक्षमा माओवादी केन्द्रकै यमुना घर्ती विजयी भइन्। घर्तीले २ हजार ९ सय ८७ मत प्राप्त गरिन्।

अध्यक्षमा निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भोजराज पाण्डेले २ हजार ३ सय १७ मत प्राप्त गरे भने एमालेका गिरबहादुर कुँवरले १ हजार ३ सय ९३ मत ल्याए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.