धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन आयोगले उनको उम्मेदवारी सोमबार खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
धनुषा १ का निर्वाचन अधिकृत मनोज बरालले कमलविरूद्ध उजुरी आएपछि निर्णयका लागि आयोगमा पठाएको बताए।
‘दाबी विरोधको समयमा उजुरी आए कार्यालयले नै निर्णय गर्ने हो। उजुरी परेपछि आयोगमा पठाएका थियौं,’ उनले भने, ‘उहाँलाई कालोसूचीमा राखिएको भन्ने विषय हो। त्यस विषयमा हामी आयोगको लिखित निर्णय कुरिरहेका छौं।’
धनुषा-१ मा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाछ रामपलटन साह, नेकपाबाट मातृका प्रसाद यादव, जसपाबाट दीपक कार्की र जनमतबाट ब्रहमदेव महतो उम्मेदवार छन्।