राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग सदस्यमा पोखराका व्यवसायी अशोक खड्का नियुक्त भएका छन्।
पियुरो पानीका सञ्चालक एवंम समाजसेवी खड्कालाई प्रचारप्रसार विभागको सदस्यमा नियुक्त गरिएको रास्वपा गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठीले जानकारी गराए।
२०८० साल वैशाखमा रास्वपा प्रवेश गरेका खड्का यसअघि कास्की क्षेत्र नं २ को क्षेत्रीय सदस्य थिए।
पार्टीको अभियानलाई अझै प्रभावकारी बनाउने र घरघरमा अभियान चलाउने उद्धेश्य विभागको छ।
सोही अनुसार पोखराका व्यवसायी समेत रहेका खड्कालाई नियुक्त गरेर अझै प्रभावकारी रूपमा अभियान चलाउने तयारी रास्वपा पोखराले लिएको जनाएको छ।
उनलाई अभियान तथा प्रचार प्रसार विभाग सदस्यको रूपमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले नियुक्ती पत्र प्रदान गरेका हुन्।