नेकपा (माओवादी केन्द्र)ले आउँदो शुक्रबार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बुधवार बसेको पार्टी पदाधिकारी बैठकले शुक्रवारदेखि शुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उहाँकाअनुसार स्थायी कमिटी बैठकका एजेण्डाहरुमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषय तय भएका छन्।
'त्यसपछि हाम्रो पोखरा आएर रोकिएको अभियान सञ्चालनको बारेमा छलफल हुनेछ । र त्यस्तै केन्द्रीय समितिको बैठकको मिति तय गर्नेबारे छलफल हुनेछ,' उनले भने।
समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा पनि स्थायी कमिटीमा छलफल हुने प्रवक्ता सापकोटाले बताए।
'अहिले समाजवादी मोर्चाका बैठकहरु पनि बसिरहेका छन् । केही समय सुस्ताएको जस्तो भएको थियो । त्यसलाई सक्रिय बनाउने कुरामा पनि स्थायी कमिटी बैठकले छलफल गर्नेछ,’ उनले भने।
स्थायी कमिटी बैठकबाट संगठन निर्माण, नेताहरुको कार्यविभाजन लगायत प्रस्ताव पारित गरिने पनि उनले बताए। —न्युज एजेन्सी नेपाल