झापाको बुद्धशान्ति गाउँपालिकामा धनीपूर्जा वितरण सुरू भएको छ।
६ हजारभन्दा बढी घरपरिवारलाई धनीपूर्जा वितरण अभियान सुरू भएको हो।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद विश्वप्रकाश शर्माले आफ्नो निर्वाचन क्षेत्र झापा १ को बुद्ध शान्तिमा धनीपूर्जा वितरण अभियानको सोमबार सुरूवात गरेको उनको सचिवालयको भनाइ छ।
७६ वर्षीय वेदनिधि विश्वकर्मा, ८५ वर्षीया कौशिला अधिकारी, ६५ वर्षीया विष्णुमाया लिम्बु, ८६ वर्षीय पुन्य सुवेदी, ७९ वर्षीया चेतकुमारी पौडेल, ८३ वर्षीया रत्न मावो लिम्बु, र ७६ वर्षीया बुद्धिमति लिम्बुलाई धनीपूर्जा हातमा दिएर अभियान सुरू गरिएको थियो।
सोमबार १९५ जनाले धनीपूर्जा पाएका छन्।
बुद्धशान्तिका वडा नम्बर ४, ५, ६ र ७ शर्माको निर्वाचन क्षेत्र झापा १ मा पर्छ।
यी वडाहरूमा ६२ सय परिवार भूमिहीन छन्।