सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएका तीन जनाको संसदीय सुनुवाइ आइतबार हुने भएको छ।
बिहीबार बसेको संसदीय सुनुवाइ समिति बैठकले सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषदले सिफारिस गरेको तीन जनालाई संसदीय सुनुवाइका लागि बोलाउने तय गरेको समिति सदस्य सुनिता बरालले जानकारी दिइन्।
न्याय परिषदले जेठ २७ गते वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो।
उनीहरूविरूद्ध सातवटा उजुरी परेको छ। अधिवक्ता मेघराज पोखरेलविरूद्ध २ वटा, श्रीकान्त पौडेलविरूद्ध २ वटा र शान्ति सिंहविरूद्ध एउटा उजुरी परेको छ।
दुइवटा प्रक्रियासँग सम्बन्धित उजुरी छन्। उजुरीकर्ताहरूलाई समितिले आजै बोलाएको छ।
प्रस्तावित न्यायाधीहरूलाई संसदीय सुनुवाइपछि राष्ट्रिपतिले नियुक्त गर्नेछन्। त्यसपछि प्रधानन्यायाधीले शपथ ग्रहण गराउनेछन्।