राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको टिप्पणी गरेका छन्।
नेकपा (एमाले) र माओवादी केन्द्रबीच भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति भएको थियो।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले १८ दिनदेखि संसदमा नाटक मञ्च्न भइरहेको पनि बताए।
प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको उनको भनाइ थियो।
‘१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ। देशले देखिरहेको छ। अहिले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो। यो हुने नै यही थियो। उहाँले गणतन्त्रको रक्षाको लागि भन्नुभयो। गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्नेकुरा आम जनताले बुझेका छन्,’ उनले भने।
अध्यक्ष लिङ्देनले नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि बताए।
भिडिओ: