प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरू भएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ३:१५ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागसहित प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा र एकीकृत समाजवादीलगायत दलहरूले निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्।
सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच आज २ बुँदे सहमति भएको छ।
भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिनलाई सघाउने र यससम्बन्धी समस्या समाधान गर्न सरकारले संरचनागत, नीतिगत र कानुनी पक्ष अध्ययन गर्ने विषयमा उनीहरूबीच सहमति जुटेको हो।
उक्त समितिबारे रास्वपा र राप्रपाले आफूहरूलाई जानकारी नभएको बताएका छन्। आजको बैठकमा रास्वपा र राप्रपा सांसदहरूले विरोध गर्ने सम्भावना छ। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति माग गर्दै आएका छन्।
बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। तर रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए।
पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा सांसद मनिष झाले धारणा राखेपछि सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका छन्।
रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेल घेराउ गर्न पुगेका छन् भने गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन्।
लाइभ: