प्रतिनिधि सभा बैठकको बिहीबार बस्नेगरी स्थगित भएको छ।
बिहीबार दिउँसो १ बजेतिर बस्ने गरी प्रतिनिधि सभाको बैठक सरेको संघीय संसद सचिवालयले जनाएको छ।
यसअघि बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको थियो। तर उक्त बैठक पनि बस्न नसकेपछि ३:१५ बजे बस्ने गरी स्थगित गरिएको थियो। उक्त समयमा पनि बस्न नसकेपछि बिहीबारका लागि स्थगित गरेको हो।
संसदमा भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन्।
बुधबार संसद बैठक अघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
सभामुखको सचिवालयका अनुसार प्रमुख सचेतकहरूले आ-आफ्नो अडान कायमै राख्दा सहमति नजुटेको सभामुखको सचिवालयले जनाएको छ।