भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री नेपाल आएका छन्।
भारतीय मन्त्री भूपेन्द्र यादव बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। उनलाई नेपालका वन मन्त्री ऐनबहादुर शाही ठकुरी लगायतले विमानस्थलमा स्वागत गरेका थिए।
उनी सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।
काठमाडौंमा शुक्रबारदेखि सगरमाथा संवाद हुँदैछ।
यो पनि:
जेठ २ गतेदेखि सगरमाथा संवाद, १७५ जना विदेशी प्रतिनिधि सहभागी रहने