राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने भएको छ।
बिहीबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा सांगठनिक गतिविधिबारे बैठकमा छलफल हुने बर्तौलाले जानकारी दिए।
‘आजको बैठकमा केही महत्त्वपूर्ण बिषयमा छलफल हुनेछ ,अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र आगामी योजनाबारे खाकासहित धारणा राख्नुहुनेछ,’ उनले भने।
तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइबारे बैठकमा छलफल हुने राप्रपा नेपालले जनाएको छ।
तिनकुने घटनाबारे निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ।