नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश अध्यक्षमा भीम दाहाल सर्वसम्मत चुनिएका छन्।
सोमबार नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो। अध्यक्षका लागि दाहालसहित लक्ष्मण लम्साल, श्याम बस्नेत र बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गरेका थिए।
तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दोलखाका दाहाल सर्वसम्मत बनेका हुन्।
प्रथम अधिवेशनबाट उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ निर्वाचित भएका छन्।
सचिवमा एलपी श्रेष्ठ सर्वसम्मत भए । उपसचिवमा दीपक धनुके, नानीराम चौलागाईं र निरु खरेलले चुनिएका छन्।
अधिवेशनबाट १८६ सदस्यीय कमिटी निर्विरोध चुनिएको लक्ष्मण लम्सालले जानकारी दिए।