विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ।
माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायत दलहरू सहभागी छन्।
सरकारले केही दिनअघि जारी गरेको अध्यादेश, संसद अधिवेशन बोलाउन दबाब दिने लगायत समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरू बसिरहेका हुन्।