नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
यो प्रतिवेदनमा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको यसअघिको सरकारको आलोचना गरेका छन्।
‘पूर्ववर्ती सरकारले भ्रष्टाचारविरूद्ध कुनै 'अभियान’ चलाइरहेको थिएन। बरु ‘आफ्नालाई चोख्याउने' अभियानमा केन्द्रित थियो,’ ओलीले केन्द्रीय कमिटीमा पेस गरेको प्रतिवेदनको पृष्ठ १० मा उल्लेख छ, ‘चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्वसभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै वाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन्।’
अध्यक्ष ओलीले माओवादीले गर्न खोजेको दाबी झुटो र अर्थहीन रहेको पनि बताएका छन्।
एमाले र अहिलेको सरकारको साझा निष्कर्ष भ्रष्टाचारका विषयलाई राजनीतिकरण गर्न हुँदैन भन्ने रहेको ओलीले पेस गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले कांग्रेससँगको गठबन्धनपछि ६ महिनामा सरकारले महत्त्वपूर्ण काम, उपलब्धि र नीतिगत सुधार गरेको पनि दाबी गरेका छन्।
यस्तो छ प्रतिवेदन: