नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
धुम्बाराहीमा आइतबार दिउँसो सुरू केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि सहभागी छन्।
यसअघि पासाङ पदाधिकारी तथा स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए।
पुन: राजनीतिमा फर्कन लागेका पुनलाई माओवादी केन्द्रीय कमिटीबाट उपाध्यक्ष मनोनीत गर्ने तयारी छ। उपाध्यक्ष बन्नुअघि नै पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षहरू सरह ठाउँ दिइएको छ।
पूर्वउपराष्ट्रपति पुनलाई माओवादीमा भूमिका दिने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पदाधिकारीहरू सहमत भइसकेका थिए। यद्यपि केन्द्रीय कमिटीबाट अनुमोदन गर्न बाँकी छ।
केन्द्रीय कमिटीको आइतबारको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् भने राजनीतिक प्रतिवेदन पनि पेस हुनेछ।
साथै प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्।