नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र सातै प्रदेश अध्यक्षहरूले ब्रिफिङ गर्ने भएका छन्।
आइतबार दिउँसो धुम्बाराहीमा माओवादी केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा अध्यक्ष प्रचण्ड र सातै प्रदेशबाट ब्रिफिङ हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘अध्यक्षले केन्द्रीय समिति बैठक उद्घाटनसँगै समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुहुन्छ,’ उनले भने, ‘त्यो सकिएपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नुहुनेछ।’
त्यसपछि भने अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता सापकोटाको भनाइ छ।
उनले यथास्थितिबाट क्रमभंग गर्दै माओवादी अघि बढ्ने पनि उनले बताए। स्थायी समितिका सदस्यहरूको सुझावअनुसार नै केन्द्रीय समिति बैठक अघि बढ्ने उनको भनाइ थियो।