राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएपछि केन्द्रीय कार्यालयमा भिड लागेको छ।
सहकारी ठगीमा लामिछानेविरूद्ध शुक्रबार अपराह्न जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो।
लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ पुर्जी भएको हो।
शुक्रबार बिहानदेखि नै लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी हुने चर्चा थियो। नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा पनि यसबारे कुराकानी भएको थियो।
प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएपछि रास्वपा सभापति लामिछानेसहित नेताहरू पार्टी केन्द्रीय कार्यालय च:मति पुगेका थिए। उनीहरू अहिले पनि पार्टी कार्यालयमै छन्।
लामिछानेलाई पक्राउ गर्न प्रहरी पनि रास्वपा कार्यालय पुगेको छ।
रास्वपाका नेता तथा कार्यकर्ताहरू पनि कार्यालय पुगेका छन्। यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई पक्राउ गर्न पार्टी कार्यालयमा प्रहरी आएको बताए।
पक्राउ गर्न आएका प्रहरी अधिकारीलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न उनले अनुरोध गरेका छन्।
तस्बिरहरू:
-ink-1729253645.jpeg)
-ink-1729253645.jpeg)
-ink-1729253644.jpeg)
-ink-1729253644.jpeg)
-ink-1729253643.jpeg)
-ink-1729253643.jpeg)
-ink-1729253644.jpeg)
-ink-1729253644.jpeg)
-ink-1729253643.jpeg)
-ink-1729253643.jpeg)
-ink-1729253642.jpeg)
-ink-1729253642.jpeg)
-ink-1729253641.jpeg)
-ink-1729253641.jpeg)
-ink-1729253642.jpeg)
-ink-1729253642.jpeg)
