नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार दिउँसो बस्दैछ।
मंगलबार दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दल बैठक बस्ने भएको हो।
त्यसअघि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा संसदीय दल कार्यसमिति बैठक बस्नेछ।
कांग्रेसले पार्टीको सम्पूर्ण ध्यान बाढीपहिरो पीडितलाई उद्धार र राहत तथा पुनर्स्थापनामा लगाउने आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय गरेको थियो।
सरकारी राहत कोषमा सांसदहरूका तर्फबाट १५ दिनको पारिश्रमिकसहित ५० लाख रुपैयाँ दिने कांग्रेसले निर्णय गरेको छ।