राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन चेतावनी दिएका छन्।
सभापति लामिछानले आफूलाई पक्राउ गर्न खोजिएको भन्दै प्रधानमन्त्री रोष प्रकट गरेका हुन्।
सहकारी बचत अपचलन, दुरुपयोग, ठगी सम्बन्धनमा छानबिन गर्न गठित संसदीय समितिले लामिछानलेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ। आइतबार दिउँसो गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक रहेका छविलाल जोशी पक्राउ परेका थिए।
त्यसपछि तरंगित बनेको रास्वपाले आइतबार नै उपत्यकाका कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमति बोलाएको थियो।
त्यहाँ लामिछानले आफूविरुद्ध पक्राउ पुर्जी जारी नभएको तर ढुक्क हुन सक्ने अवस्था पनि नरहेको बताएका थिए। सरकारले आफूविरुद्ध ट्रायल गरिरहेको बताउँदै उनले प्रधानमन्त्री ओलीलाई नै रिस व्यक्त गरेका छन्।
‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू फर्केर आउनुस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...,’ उनले लेखेका छन्।
यसैबीच रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा गएका आफ्ना सांसद र नेताहरूलाई फिर्ता बोलाएको छ। रास्वपा उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, लिमा अधिकारी, गणेश पराजुली, मनिष झा, तोषिमा कार्कीसहित १४ सांसद तथा नेता सोमबार चीनबाट फर्कंदैछन्। चीनबाटै उपसभापति वाग्लेले सभापतिविरूद्ध षड्यन्त्र हुन लागेकाले आफूहरू फर्कन लागेको जानकारी दिएका छन्।