राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ता गणेश कार्की तोकिएका छन्।
यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा असोज ७ गतेदेखि १४ गतेसम्म मुलुक बाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिएका छन्।
कार्की पार्टीको केन्द्रीय समिति सदस्य हुन्।