सरकारले बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट क्षति हुन पुगेका घरहरुको पुनर्निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाखभन्दा बढी बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले १४ सय ५३ घरहरुको पुननिर्माणका लागि आवश्यक ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय गरेको जानकारी दिए।
बारा र पर्सामा हावाहुरीबाट भत्किएका घर पुनर्निर्माणको जिम्मा सेनालाई दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।
२०७५ गत चैत १७ गते आयोको 'टोर्नाडो' नामक हुरीबाट २९ जनाको मृत्यु, ६ सय हाराहारीमा घाइते भएका थिए।