राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेताहरुको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छन्।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताएकी हुन्।
उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन्।
‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण के हो त भन्दा भ्रष्टाचार हो। हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौं, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ,' उनले भनिन्।
सांसद कार्कीले प्लेन चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपर्ने परिस्थिती निर्माण गरिनुपर्ने बताए।
'सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस् । हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकुन्,’ उनले भने।
समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो। —न्युज एजेन्सी नेपाल