पूर्वसचिव दिनेश थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त भएका छन्। संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन भएका थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमुख आयुक्त नियुक्त गरेकी हुन्।
गत बुधबार दिउँसोको सुनुवाइपछि समितिले थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
थपलिया प्रमुख आयुक्त सिफारिस हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए।