ओलीसँग भारतीय राजदूतको जिज्ञासा – नयाँ सरकार कहिले बन्छ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न राजदूत पुरी एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेका थिए। भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार पुरीले नयाँ सरकार गठनमा चासो व्यक्त गरेको बताए।

जवाफमा ओलीले सहमति जुटाउन दलहरूसँग छलफल चलिराखेको उल्लेख गर्दै निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई पठाएपछि नयाँ सरकारको प्रक्रिया सुरू हुने बताएका थिए।

भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले पार्टी एकताबारे छलफल जारी रहेको र छिट्टै निर्णयमा पुग्ने उल्लेख गरे। सोमबार ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुवै जना सहअध्यक्ष बनेर पार्टी एकता गर्ने सहमति भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.