संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र बाँडफाँड टुंगो लागेको छ।
फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो।
दुई दलबीच भएको सहमतिअनुसार फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको फोरम नेता परशुराम बस्नेतले सेतोपाटीलाई बताए।
दुवै पार्टीले सामूहिक उम्मेदवार बनाएर निर्वाचनमा भाग लिने निर्णय गरेका हुन।
प्रदेशसभामा फोरमले ३५ र राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ। ‘दुई दलबीच निर्वाचन क्षेत्र बाँडफाँड औपचारिक रूपमा सकिएको छ,’ बस्नेतले भने, ‘कुन निर्वाचन क्षेत्र कुन पार्टीका लागि भनेर हामीले छिट्टै औपचारिक सार्वजनिक गर्ने तयारी गरेका छौ।’

नेपाली कांग्रेसले पनि फोरम–राजपासँग सहमतिका लागि बाह्र बजेपछि छलफल गर्दैछ। नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेकोले केही समय मागेको राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सेतोपाटीलाई बताए।
‘तीन पार्टीका शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिने हाम्रो अनौपचारिक सहमति भइसकेको छ,’उनले भने,‘अन्य निर्वाच क्षेत्रमा पनि अधिकतम् सहमति गरेर जान हामीले प्रयास गरिरहेका छौ।’
यो पनि हेर्नुहोस्;
१८ पुरुषबीच एक्ली महिला उम्मेदवार
एमालेबाट मोतीलाल दुगड समानुपातिक सांसद सिफारिस तीन पार्टीले जसरी पनि निर्वाचन जित्ने र वाम गठबन्धनलाई जसरी पनि हराउने विषयमा समेत सहमति रहेको उनले बताए ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेसले मोरङ–५ मा सघाउने आश्वासन दिएको उनले बताए। यादवका लागि सप्तरी–२ मा राजपा छोड्न तयार रहेको शुक्लले बताए।