मंसिर १० र २१ गते तोकिएको प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि बुझाएको समानुपातिक सूचीमा दलहरूले आज संशोधन गर्दै छन्।
यसअघि दलहरुले गत असोज २९ गते आयोगमा समानुपातिक सूची बुझाएका थिए। तर धेरै दलले त्यो दिन ‘दूधभात’ सूचीमा मात्र बुझाएकाले आज गरिने संशोधनमा उनीहरुले उनीहरुले वास्तविक उम्मेदवारको नाम राख्नुपर्नेछ। संशोधित समानुपातिक सूची बुझाउन दलहरू बिहानैदेखि छलफलमा जुटेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आइतबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्मका लागि दलहरुलाई सूचीमा संशोधन गर्न समय दिइएको छ।
यो पनि पढ्नुस्:‘यसअघि दलले बुझाएको सूचीमा केही कुरा नमिलेका भए आयोगले सबै कुरा मिलाएर ल्याउन भनेको हुन्छ,’ ढकालले भने, ‘आज दलहरूले सोहीअनुसार छुटेका कुरा मिलाएर सूची बुझाउँछन्।’
दलहरुले आज बुझाएको सूचीमा कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबारसम्म निवेदन दिन सक्ने आयोगले. जनाएको छ।
आयोगले कात्तिक १७ गते समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गर्नेछ। सूचीमा रहेकामध्यसँग कसैको दाबी विरोध भएमा तीन दिन भित्र आयोगमा जानकारी गराउन सकिन्छ।
दाबी विरोधको छानबिन सकेर मंसिर ३ गते आयोगले समानुतिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका छ।