साता वर्षयता चर्चामा रहेको सिंहदरबार भित्र सौर्य ऊर्जा (सोलार प्लान्ट) जडान गर्ने योजना बल्ल सुरू भएको छ। मुलुकको प्रखुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा सोलार जडान गर्ने २०६७ सालदेखिको योजना बल्ल कार्यान्वयन हुन लागेको हो। यो खबर हामीले आजक कारोबार दैनिकबाट लिएका हौ।
सोलारबाटै विद्युत आपुर्ति गरेर सिंहदरबारलाई लोडसेडिङमुक्त गराउने गरी सरकारले तत्कालिन अवस्थामा तयार गरेको लोडसेडिङ न्यूनिकरण योजना अन्तर्गत चिनियाँ कम्पनीले एक मेगावाटको सोलार प्लान्ट अघि बढाएको छ।