नेपालको वित्तिय सुशासन एसियाकै उत्कृष्ट रहेको नेपाल राष्ट्र बैंकले दाबी गरेको छ। यो खबर हामीले आजको कारोबारबाट लिएका हौ। राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तिय क्षेत्र सवल र प्रभावकारी हुनुमा केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका रहेको बताए। वित्तिय क्षेत्र सवल हुँदा निजी क्षेत्रले पनि उत्साहजनक प्रगति गर्ने थापाको भनाई छ।