गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले यो वर्ष पनि असार १५ गते रोपाइँ महोत्सव मनाउने भएको छ। गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि रोपाईँ दिवस मनाउँदै आएको भिटोफले यो वर्षको धान दिवस नुवाकोटको शिवपुरी गाउँपालिकामा वडा नम्बर ७ स्थित बुढीसेरामा मनाइने भिटोफका कोषाअध्यक्ष गगनराज न्यौपानेले सेतोपाटीलाई बताए।
‘राजधानीबाट ३५ किलोमिटर मात्र टाढा रहेकोले यो गाउँ पर्यटकीय हिसावले समेत महत्वपूर्ण छ, नेपाल आउने पर्यटकको प्रमुख गन्तब्य मानिने लाङटाङ र गोसाइकुण्ड जाने बाटो समेत परेको यो गाउँमा महोत्सव गर्न पाउनु खुसीको कुरा हो,’ न्यौपानेले भने। उनले गाउँको विकास भए मात्र मुलुकको विकास हुने बताए।
कार्यक्रममा स्थानीय संस्कृतिका कार्यक्रम समेत राखिएको भन्दै दहीचिउरा खान सबैमा उनले निम्तोसमेत दिए।