चितवनको सौराहमा जारी नेकपा एमालेको दसौ महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मतदान भइरहेको छ।
मंगलबार बिहान ४ बजेदेखि जारी मतदानमा अहिलेसम्म १ हजार ३०० भन्दा बढी प्रतिनिधिले मतदान गरिसकेका निर्वाचन आयोगले जनाएको छ।
एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हाल्न सक्ने व्यवस्था गरिएको छ। एक जना मतदातालाई भोट हाल्न १० देखि १५ मिनेटसम्म लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।
त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।
अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन्।
केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ।
प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।
त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।
प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।
त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।
यसैबीच रावलले आफूले अध्यक्ष हारेको अवस्थामा केन्द्रीय सदस्यसमेत नरहने घोषणा गरिसकेका छन्।
ओली पक्षले ‘भोट नहाल्ने नामावली’ भन्दै भीम रावलसहित ११ जनाको सूची प्रकाशित गरेको छ। मतदान गर्न लाइनमा बसेका कार्यकर्तालाई सो सूची वितरण गरिएको छ।
सेतोपाटीलाई प्राप्त सूची अनुसार अध्यक्षका उम्मेद्वार भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिव टंकप्रसाद कार्की र भीम प्रसाद आचार्यलाई भोट नहाल्नू भनिएको छ।
यस्तै सदस्य (प्रदेश १ खुल्ला) मा भाष्कर काफ्ले, सदस्य (प्रदेश महिला) नीरा खना, सदस्य (सुदुरपश्चिम महिला) पशुपति कुँवर, मञ्जु मलासी, सदस्य (दलित खुल्ला) नरवहादुर वि.क, सदस्य (थारु खुल्ला) जयप्रकाश थारु, सदस्य (पिछडिएको क्षेत्र खुल्ला भरत साउदलाई भोट नहाल्न भनिएको छ।
यस्तै उनीहरूले ओली प्यानलको लिस्ट पनि सँगै बाढ्दै भोट हाल्न आग्रह गरिरहेका छन्।
प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने भनिए पनि जारी मतदानमा प्यानलको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई वितरण गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको हो।
सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ।
यो पनि: आफैंले बनाएको प्रावधानविपरीत ओलीले बनाए प्यानल!
यसैबीच हामीले किन यसो गरियो भनेर महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखरेललाई प्रश्न सोधेका छौं।
महाधिवेशन स्थलमा मंगलबार संक्षिप्त कुरा गर्दै पोखरेलले उनले पार्टीको औपचारिक प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेद्वारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गरेको बताए।
‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । अध्यक्ष मण्डलको प्रस्तावलाई चुनौती गर्ने अधिकारी कसैलाई छैन। त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ । अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ। कुनै अनौठो कुरा होइन।’
उनले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताएका छन् ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)