चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको चुनाव अझै हुन सकेको छैन।
पटकपटक सार्दै राति २ बजेदेखि गर्ने भनिएको एमालेको मतदान साढे चार बज्न लाग्दा पनि सुरू हुन नसकेको हो।
राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर २ बजे मतदान सुरु गर्ने भनिएको थियो । तर समयमा हुन सकेन ।
मतदान हुने आशामा प्रतिनिधिहरु लाइनमा बसे पनि उनीहरुलाई कुराउने काम मात्रै भएको छ । रातभर जागै बसे पनि भनेको समयमा चुनाव सुरु हुन नसकेको हो ।
निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।
त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।
अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन्।
केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ।
प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।
त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।