एमालेको १० औं महाधिवेशनको मतदान प्रक्रिया निर्धारित समयभन्दा पछि धकेलिने भएको छ।
सोमबार चितवनको सौराहामा हुन लागेको महाधिवेशनको चुनावको समयपछि धकेलिने देखिएको हो।
राम लक्ष्मण इनोभेसनका संस्थापक लक्ष्मण रिमालले पार्टीको केन्द्रीय निर्वाचन आयोगले नाम दिन ढिलाइ गरेका कारण मतदान पछि धकेलिने बताए।
आयोगले यसअघि जारी गरेको सूचना अनुसार उम्मेदवारीको अन्तिम नामावली ४ बजेर ५ मिनेटमा प्रकाशन गर्नुपर्ने थियो। तर सो नामावली अझैसम्म प्रकाशन भएको छैन।
जसकारण मतदान सुरू हुने समय अझै धकेलिने देखिएको हो।
रिमालका अनुसार नामावली दिएपछि पनि भोटिङ सुरू हुन ३-५ घण्टा लाग्छ।
'तुरून्तै नाम दिए पनि अब ९ बजे भोटिङ सुरू हुन सम्भव छैन,' उनले भने।