सर्वसम्मतिका लागि भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नपरेकी उषाकिरण तिम्सिना सर्वसम्मत रूपमा एमाले केन्द्रीय सदस्य भएकी छन्।
ओलीको सूचीमा तिम्सिनाले सोमबार बिहान महिला खुलातर्फ उम्मेदवारी दिएकी थिइन्। महिला खुलातर्फ ५३ जना केन्द्रीय सदस्य चुनिने व्यवस्था छ। तिम्सिनाले उम्मेदवारी दिँदा त्यो संख्या ५४ पुगेको थियो।
ओलीले महिला खुलाको सूचीमा राखेकी अर्चना गहतराजले सोमबार साँझ उम्मेदवारी फिर्ता लिएपछि तिम्सिना ५३ जनाभित्र परेकी हुन्।
महाधिवेशन सुरू हुनुभन्दाअघि नै तिम्सिनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन बताएकी थिइन्।
नुवाकोटमा एमाले जिल्ला सदस्य रहेकी तिम्सिना लामो समयसम्म नेता माधवकुमार नेपालनिकट थिइन्। एमाले विवादपछि दस बुँदे भएपछि उनी एमालेमै रहेकी थिइन्। एमालेभित्र उनी अध्यक्ष ओलीकी कडा आलोचक हुन्।