नेकपा एमाले दसौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएपछि उपाध्यक्ष भीम रावलले त्यसमा आपत्ति जनाएका छन्।
उनले विधि र प्रक्रिया छलेर ल्याइएको नामावली आफूहरूलाई मान्य नभएको बताए।
'हामी पदका लागि चुनाव लडेका होइनौं। विधि, पद्धति बलियो बनाउनलाई हो,' उनले भने, 'दुनियाँलाई यो पार्टीले लोकतान्त्रिक विधि प्रक्रिया पछ्याउँछ भनेर जनतामा विश्वास दिलाउनुपर्छ।'
उनले अगाडि भने, 'यस पृष्ठभूमिमा मैले बारम्बार अनुरोध गरेको छु, सार्वभौम प्रतिनिधिले चुन्ने र चुनिने अधिकार राख्छन्। म जटिलतालाई सामूहिक बल, बुद्धि, विवेकबाट समाधान गर्नुपर्छ भन्नेमा सहमत छु। तर रातको समयमा नाम यता(मञ्चब) बाट प्रस्तुत गर्ने तर प्रतिनिधिहरूले निर्वाचनबाट आफ्नो कार्यक्षमतालाई परख गर्न नपाउने व्यवस्थासँग म सहमत छैन।'
'कसको कति लोकप्रियता छ भनी थाहा पाउने अवसरको थलो महाधिवेशन हो', रावलले भने, 'अध्यक्ष मण्डलमा केन्द्रीय सदस्यबारे छलफल भएको छैन। महाधिवेशनमा प्रतिनिधिको चुन्ने र चुनिने प्रक्रियाका लागि निर्वाचन आयोग बनाएको हो। यसरी केन्द्रीय सदस्यको नाम प्रस्तुत गर्ने कुरामा अध्यक्ष मण्डलमा छलफल भएको छैन। यो सम्पूर्ण प्रक्रियामा मेरो असहमति छ। म निर्वाचन प्रक्रियामा जान्छु,' उनले भने।
रावलले यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिन आफूले मनोनयनपत्र भरिसकेको बताएका थिए।
‘मैले अध्यक्ष मण्डल बैठकमा उम्मेदवारीको कुरा हुदाँ यसअघि नै राजनीतिक घोषणा गरेकाले उम्मेदवारी दिन्छु भनेको छु,’ अध्यक्ष मण्डलको बैठकपछि रावलले भनेका थिए, ‘विधिवत मनोनयनपत्र पनि भरिसकेको छु। जुन बेला निर्वाचन आयोगले बुझाउने समय दिन्छ, म मेरो मनोनयनपत्र दाखिला गर्छु।'
एमालेले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल बनाएको थियो जसमा भीम रावल पनि सदस्य थिए। रावलले आफूले उम्मेदवारी दिने भए पनि अन्य व्यक्ति चुनाव लड्ने-नलड्ने थाहा नभएको बताए।
‘उम्मेदवारी समूहगत नदिने पार्टीको निर्णय भएकाले म मेरो उम्मेदवारी दिन्छु,’ रावलले सहमतिको प्रयासबारे सोधिएको जिज्ञासमा भने, ‘मसँग कसैले केही कुरा गरेको छैन।‘
रावलले आज दिनभरको समय खेर गएको टिप्पणी पनि गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले आज दिनभर पार्क सफारी होटलमा विभिन्न नेताहर"सँग छलफल गरेका थिए। तर उनले सर्वसम्मत सूची तयार पार्न सकेकन्।
रावलले दिनभर भएका छलफलमा आएका सूचनाहरूबारे कुनै पुष्टि गरेनन्। ‘वरिष्ठ उपाध्यक्ष खारेज गर्ने सहमतिबारे मलाई जानकरी छैन,’ रावलले भने, ‘मैले अध्यक्षमा दरखास्त भरेर निर्वाचन आयोगले तोकेको समयमा दाखिला गर्छु।'
ओलीले मतदान गोप्य र लोकतान्त्रिक हुनुपर्ने पनि बताएका छन्। ‘ध्वनी मत, हाते मत यस्ता अलोकतान्त्रिक मत स्वीकार्य छैन। गोप्य मतदान हुनुपर्छ’, रावलले भने, ‘कुनै दबाब नभएर लोकतान्त्रिक निर्वाचन हुनुपर्छ।'
ओलीले पढेर सुनाएका केन्द्रीय सदस्यको नामावली: