नेकपा एमाले दसौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३०१ जना केन्द्रीय सदस्यहरूले प्रक्रियाअनुरूप सोमबार मनोनयनपत्र दर्ता गराउनुपर्नेछ।
यो नामावली समझदारीका लागि घोषणा गरिएको र उनीहरूले विधिवत् रूपमा केन्द्रीय सदस्य चुनिन प्रक्रियामा जानैपर्ने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए।
अध्यक्ष ओलीले १ सय १ जना महिलासहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए। उनले क्रमश: खुला, महिला, प्रदेश हुँदै, दलित, जनजाति, मजदुर लगायत विभिन्न वर्गबाट केन्द्रीय सदस्य बन्नेहरूको नाम हलमा पढेर सुनाएका थिए।
'अध्यक्षज्यूले समझदारीका लागि मात्र नाम दिनुभएको हो। यी सबैले प्रक्रियामा जानैपर्छ। भोलि सोमबार निर्वाचन तालिकाअनुसार उहाँहरूको मनोनयनपत्र दर्ता हुन्छ,' सुब्बाले सेतोपाटीसँग भने, 'खुला वा विभिन्न वर्गमा तोकिएभन्दा बढी सदस्यले मनोनयनपत्र दाखिला गरे निर्वाचन हुनेछ।'
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलहरूको केन्द्रीय समितिमा अनिवार्य ३३ प्रतिशत महिला हुनैपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार ओलीले १ सय १ जना महिलालाई केन्द्रीय समितिमा राख्न प्रस्ताव गरेका हुन्।
यस्तो छ ओलीले पढेको नामावली, सुन्नुहोस् अडिओमा: