नेकपा (एमाले)को दसौं महाधिवेशनबाट नयाँ सर्वसम्मत नेतृत्व चयनको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको नाम छान्न चार नेतालाई जिम्मा दिएका छन्।
विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङलाई ओलीले सहमतिको खाका बनाउन भनेका थिए।
आफूहरूले त्यहीअनुसार खाका बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन्।
‘हामीले हाम्रोतर्फबाट खाका बनाएर पठाएका छौं, अब त्यसमा के गर्नुहुन्छ?’ गुरूङले भने।
उनीहरूले ओली बसेको होटलमै बसेर सहमतिको खाकाबारे छलफल गरेका थिए।