नेकपा (एमाले) को दसौं महाधिवेशनको बन्द सत्र केहीबेरमा चितवनको सौराहामा सुरू हुँदैछ। शुक्रबार नारायणी किनारमा महाधिवेशनको उद्घाटन गरेर एमाले नेता तथा प्रतिनिधिहरू सौराहा गएका थिए।
एमाले नेता तथा प्रतिनिधि बन्द सत्रका लागि होटल सेभने स्टार जान खोज्दा शनिबार सौराहाका सडकमा ट्राफिक जाम भएको छ। स्थानीयहरूले सौराहाका सडकमा यसअघि कहिल्यै यस्तो जाम नदेखेको बताएका छन्।
यसअघि शुक्रबार नारायणी किनारमा भएको एमाले महाधिवेशनको उद्घाटनले एम्बुलेन्ससमेत घन्टौंसम्म जाममा परेका थिए।
ट्राफिक प्रहरी स्रोतका अनुसार शुक्रबार दुई हजारभन्दा बढी ठूला सवारी साधन, करिब १० हजार वटा मझौला तथा साना सवारी साधन र पाँच हजार बढी मोटरसाइकल महाधिवेशनका लागि चितवन प्रवेश गरेका थिए।
सौराहामा पनि महाधिवेशन प्रतिनिधि र नेताका हजारौं गाडी छन्।
तस्बिरहरू: राजेश घिमिरे र सन्जिब बगाले/सेतोपाटी