नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताएका छन्।
चितवनमा आजदेखि सुरू भएको एमालेको दसौं महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उनले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताए।
महाधिवेशनपछि जनताको बहुदलीय जनवाद ‘जबज’ सही छ भन्ने थप पुष्टि भएको नेता थापाको भनाइ थियो।
उनले देशीविदेशी तत्वले नेकपालाई तीन टुक्रा पारेको आरोप लगाए।
नारायण नदी किनारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गरेका थिए। उनले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिष्टको हँसिया हथौडा अङ्कित झण्डालाई एकसाथ स्वीचमार्फत् झण्डोत्तोलन गरेका हुन्।