नारायणी किनारमा सुरू भएको नेकपा एमालेको उद्घाटन समारोहका कारण नारायणी पुलमा यातायात अवरोध भएको छ।
गैंडाकोटबाट नारायणगढ आउने पुलमाथि मानिसहरू भरिभराउ भएकाले एम्बुलेन्ससमेत पुल पार गर्न सकस भएको देखिएको छ।
पुल पार गर्नमात्रै आधा घन्टाभन्दा बढी समय लाग्ने गरेको छ।
यसअघि प्रशासनले आज गैंडाकोटबाट एम्बुलेन्सलाई पनि नारायणगढ आउन नदिने बताए पनि चौतर्फी विरोध भएपछि उक्त निर्णयबाट पछि हटेर एम्बुलेन्सलाई आवतजावत गर्न दिने निर्णय गरेको थियो।