नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट चितवनको भरतपुरमा सुरू हुँदैछ। उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिएको छ। अन्य पदाधिकारीमा पनि निर्वाचन हुने सम्भावना बढ्दै गएको छ। हामीले अन्तिम समयमा एमाले नेताहरूलाई तीन प्रश्न सोधेका छौं।
केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई हाम्रो तीन प्रश्न:
लास्ट आवरमा तपाईंको तयारी के छ?
सहमतिमै जानुपर्छ भन्ने मेरो धारणा छ। सहमतिको सम्भावना अन्त्य भइसकेको छैन।
सहमतिको आधार के त?
पदाधिकारी संख्या बढाएर भए पनि सहमतिमा जानुपर्छ।
सहमति हुनै सकेन भने?
सहमति हुन सकेन र निर्वाचनकै अवस्था आयो भने त्यसको लागि तयार छौं। त्यो अवस्थामा म पार्टी सचिवमा उम्मेदवारी दिन्छु।
भट्टराई राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक हुन्। अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका उनी पार्टीभित्र उपमहासचिव विष्णु पौडेल निकट मानिन्छन्।