नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही समयपछि विशेष महाधिवेशनमा जान पनि सकिने बताएका छन्।
तर अहिले भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा अगाडि जाने उनको भनाइ छ।
आठौं महाधिवेशन उद्घाटन कार्यक्रममा आज बोल्दै नेता श्रेष्ठले भने, ‘यो महाधिवेशन सम्पन्न भइसकेपछि पनि पाँच वर्ष नै कुर्छौं भन्ने छैन, सम्भवत विशेष महाधिवेशनमा पनि जान सक्छौं।’
उनले राष्ट्रिय सम्मेलनलाई अन्तिम समयमा महाधिवेशनमा परिणत गरिएको पनि बताए। सबै प्रक्रिया पूरा गरेकोले महाधिवेशनमा गइएको उनको भनाइ थियो।