झापाका भीम बहादुर बस्नेत ७१ वर्षका भए। उनी माओवादीको आठौं महाधिवेशन प्रतिनिधि भएर काठमाडौं आएका हुन्।
उनका ५ भाइ छोरामध्ये २ भाइ राज्यद्वारा बेपत्ता पारिएका छन्।
माओवादीमा लागेका कारण माइला छोरा पुष्पराज बस्नेत र कान्छा छोरा धीरेन्द्र बस्नेत २०६० सालमा बेपत्ता पारिएका हुन्।
काइला छोरा वीरेन्द्रलाई पनि जनयुद्वको समयमा २७ महिनासम्म बेपत्ता पारिएका थियो।
वीरेन्द्र अहिले माओवादीको प्रदेश १ का सदस्य हुन्।
साइला छोरा सुरेन्द्र माओवादीको विशेष प्रदेश सचिव छन्। उनी यसअघि अखिल क्रान्तिकारीको उपाध्यक्ष थिए।