नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ।
पुस ११ गतेदेखि १३ गतेसम्म हुने भनिएको राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा परिणत गर्न लागेको हो।
नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ।
पुस ११ गतेदेखि १३ गतेसम्म हुने भनिएको राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा परिणत गर्न लागेको हो।
यसअघि दिउँसो ललितपुरमा सम्पादकहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने सोच बनाएको बताएका थिए।
देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भने पनि हुने निष्कर्षमा आफू पुगेको बताएका थिए।
२०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो।
सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नका लागि माओवादी केन्द्रले भोलि ८ बजेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।