कविता
फेसबुकमा खेल्दियौं
सबै खेल सकौं
यसैमा केही लेखौं
सबै कुरा सकौं
धन्न फेसबुक छ
र रमाइलो छ।
फेसबुकमा भेटिन्छन्
खोज्दा भेटिँदैन
छिमेकमा बसिन्छ
भेट फेसबुकमा हुन्छ
धन्न फेसबुक छ
र भेटघाट छ।
मर्निङवाकमा बोलिँदैन
फेसबुकमा शुभकामना दिइन्छ
गाउँमा के भयो थाहै हुँदैन
फेसबुकमा अपडेट गरिन्छ
बोल्ने ठाउँमा बोल्नै सकिन्न
फैसबुकमा स्टाटस हालिन्छ
धन्न फेसबुक चलेको छ
र हामी नियमित छौं।
बुढाबुढी घुम्न गइन्छ
फोटो राम्रै खिचिन्छ
फेसबुकमा लाइभमा
सबैलाई देखाइन्छ
टिकटक बनाइन्छ
अनि कमेन्ट अपडेटमा
आधुनिकता नापिन्छ
धन्न फेसबुक चलेको छ
र पो रमाइलो छ।
आफू गरेर देखाउन सकिन्न
फैसबुकमा ठूलै स्टाटस हालिन्छ
मोबाइलमा फोटो राम्रै खिचिन्छ
फेसबुकमा अपलोड गरी हालिन्छ
कतिले लाइक कमेन्ट गरेछन्
मिनेट मिनेटमा हेरिन्छ
धन्न फेसबुक छ
र रमाइलो छ।
फेसबुकमै हेर्यो यही बोल्यो
बस् औपचारिकता सकियो
नियम छैन नियन्त्रण छैन
यसैमा लेख्यो कुरा राख्यो
नत्र कहाँ जानु कहाँ बोल्नु
धन्न फेसबुक छ
र वाक स्वतन्त्रता छ।
यही छ जन्मदिन
यही छ दिवस
हतारो छ लेख्न
छुटाइन्छ कि लेख्न
यसका नियम कानून
स्बत निर्मित छन्
विस्तारै ग्रहण बाध्य
सामाजिक स्वछन्दतामा
धन्न फेसबुक चलेको छ
र चलन नियमित छ।
फेसबुक लेखस्य
फेसबुक देखस्य
नाच आदि भव्
सर्बदिनम चलाईत्
ईति सम्पूर्णम्
भक्तिभाव नमोनम् ।।