Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन २२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

अज्ञात

सुरज खनाल

सुरज खनाल

कविता

जलेका चिताका ती
धुवाँहरू बाट निस्केका
गन्धहरूले
जब जब मेरो समाजमा
प्रवेश पाउँछ
तब तब म ती
तुलसीका मोठहरूमा
संचित हावाहरू खोज्न
भौतारिन्छु ! अनि
ती खरानीका भीष्म
डल्लाहरूमा ठेस लागि
चेत खान पुग्छु !!

म कतै ती चिताहरूमा
मेरा समाजका
तुलसी त कतै ती
पिपलका वृक्ष लम्पसार
निन्द्रामा सुतेको पाउँछु!
कतै ती खरानी धसेका
जोगीहरू अँधेरी रातमा
निस्पट अन्धकारमा
धु धु ध्वनिका वेगहरूमा
हिजो आज सन्हैका फेरि
लगाएको सुनी तृप्त हुन्छु, त
कतै जिउँदो मुर्दा दिवा मै
नचाएको हेरी मस्त हुन्छु !!

कहिले लाग्छ
ती जिउँदो मुर्दा
नचाई हिँड्ने ती
झाँक्रीका डम्मरु बोकी
आफैं मसान घाटको यात्रा गरूँ,
त! कहिले जोगीको भेषमा ती
कुटीहरूको दक्षिणा थाप्न म आफैं दौडिऊँ !

लाग्छ ती घाटहरूमा
बनेका चौताराहरू
अन्धकारमा कति
व्यस्त हुँदा हुन! अनि
ती अन्धकारमा मसान खेलाई
नाच्ने ती नर्तकीहरू
कति सुन्दर हुँदा हुन्!
बिडम्बना ती
व्यस्त चौतारीका
मसिहाहरू लाई के पत्तो
भोलि कि त नर्तक कि त
ती खरानी कै फन्कोमा रमेको
नर्तकीको जीवन को लिला!

हेर्छु त्यही बाटो अनि
त्यही चिता!
आज पनि कोही
अज्ञात त्यही नाच्दैछ
अनि त्यही विलिन हुँदैछ!

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १४:०५
सिफारिस
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं–१० मा मतगणना सुरू, दक्षिणकाली–१ बाट थालियो गन्न
काठमाडौं–१० मा मतगणना सुरू, दक्षिणकाली–१ बाट थालियो गन्न
कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू
कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू
काठमाडौं क्षेत्र नम्बर १ मा आज राति नै मतगणना सुरू हुने
काठमाडौं क्षेत्र नम्बर १ मा आज राति नै मतगणना सुरू हुने
सेतोपाटी चुनाव विश्लेषण (भिडिओ)
सेतोपाटी चुनाव विश्लेषण (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
बा!
अद्भुत तिमीले यो अनुभूति दियौ!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP