साहित्यपाटी
मंगलबार, माघ ६, २०७७
युनिकोड ENEnglish
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली ब्रान्ड
  • समाज
  • विचार
  • किनमेल
  • कला
  • खेलकुद
  • घुमफिर
  • ब्लग
  • साहित्यपाटी
  • ग्लोबल
संघर्ष
शीतल शर्मा
शीतल शर्मा

बादलको घुम्टो खोली, आकाशमा लुक्न खोज्दा,

पानी बनी झरिदिन्छ, केही क्षण रुक्न खोज्दा।

कर्कलाको पात माथि, पानी बनी बसेको त,

हल्लिएर झरिगयो, खित्का छोडी हाँसेको त।।

 

सुख्खा थियो बगर त, उर्लिएर भेल बन्यो,

ढुंगाजस्तै बन्न गएँ, ठोक्किएर उल्टै हान्यो।

हिमपात हुँदै थियो, जम्मा गरी साँच्न लाग्दा,

पग्लिएर साथै छोड्यो, प्रित गाँसी बाँच्न लाग्दा।।

 

न्यानो काख खोज्दै जाँदा, सूर्य निच पुग्ने इच्छा,

रात बनी डुबिदियो, इच्छा बन्यो त्यसै मिथ्या।।

उजेलीको रात भरि, प्रतिबिम्ब थियो मेरै,

दौडिएर भेट्न खोज्दा, रात त्यसै गयो खेरै।।

 

कथा जस्तो ‘डल्लो-पत्री’, मित्रता त गाँसेकै हो,

हावा पानी एकै चोटी, दु:ख दिन आँटेकै हो।

बसन्तमा पलाएका, कलिला ती पातहरू,

हुरी आई उडाएर, तोडिदियो साथहरू।।

 

खाँदा पनि पछुतो रे, नखाँदा त झनै कस्तो,

जिन्दगी नै बनिदियो, बनारसको लड्डु जस्तो।

गन्दै थिएँ ताराहरू, सूर्य आई झेल ग-यो,

कठै! मेरो जीवनमा, कस्ले यस्तो खेल ग-यो?

 

जिन्दगीको परिभाषा, संघर्ष मै टुंगी गयो,

सिधा थियो बाटो तर, मोड लिइ बाङ्गी गयो।

जता सुकै पुगे पनि, पछ्याउँछ छाया जस्तै,

सोच थियो अर्कै तर, पलट भो काया जस्तै।।

 

आभारी छु सेतोपाटी, भाव पोख्ने ठाउँ पाएँ,

साहित्यमा पस्नलाई, अर्को एउटा नाउ पाए।

लजाउँदै अघि बढें, अब कैले लुक्ने छैन,

पाठकको साथ पाए, कलम यो रुक्ने छैन।।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६, ०६:५४:००
सिफारिस
'रानीपोखरीबाट पाठ नसिकेको महानगरलाई अब हामी कमलपोखरीबाट पुग्ने गरी सिकाउने छौं’
'रानीपोखरीबाट पाठ नसिकेको महानगरलाई अब हामी कमलपोखरीबाट पुग्ने गरी सिकाउने छौं’
नारायण वाग्लेकी 'पल्पसा' बन्दै स्वस्तिमा खड्का
नारायण वाग्लेकी 'पल्पसा' बन्दै स्वस्तिमा खड्का
श्रीमान, निर्वाचित होइन कामचलाउ प्रधानमन्त्रीले मात्रै प्रयोग गर्न पाउँछ धारा ७६ (७)
श्रीमान, निर्वाचित होइन कामचलाउ प्रधानमन्त्रीले मात्रै प्रयोग गर्न पाउँछ धारा ७६ (७)
आफ्नै अडानमा किन टिक्दैनन् नेता?
आफ्नै अडानमा किन टिक्दैनन् नेता?
प्रचण्डले ओलीलाई भने- तपाईंले लडाइँ हार्नुभयो, भित्तामा पुर्‍याइदिन सक्छु (भिडिओ)
प्रचण्डले ओलीलाई भने- तपाईंले लडाइँ हार्नुभयो, भित्तामा पुर्‍याइदिन सक्छु (भिडिओ)
माकाजुलाई तेस्रो पटक काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस गरेकोमा प्राध्यापक संघको आपत्ति
माकाजुलाई तेस्रो पटक काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस गरेकोमा प्राध्यापक संघको आपत्ति
कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङमा डाक्टरमाथि कुटपिट
कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङमा डाक्टरमाथि कुटपिट
फालिएका बाँसका नयाँ सामान बनाएर बेच्छन् २० वर्षीया फिबी र सौर्या
फालिएका बाँसका नयाँ सामान बनाएर बेच्छन् २० वर्षीया फिबी र सौर्या
चाँगाथलीमा मृत भेटिए दम्पती: हत्यापछि आत्महत्या हो कि होइन अनुसन्धान गर्दै प्रहरी
चाँगाथलीमा मृत भेटिए दम्पती: हत्यापछि आत्महत्या हो कि होइन अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया दिनुहोस्

थप

साहित्यपाटी

छोरीको भाग्य
एकतर्फी प्रेम
पहिलो प्रेम
प्रिय साथी!
अर्बौँंमा खेल्ने भिखारी
साइँलो

विचार

श्रीमान, निर्वाचित होइन कामचलाउ प्रधानमन्त्रीले मात्रै प्रयोग गर्न पाउँछ धारा ७६ (७) अमित ढकाल
निःशुल्क र गुणस्तरीय शिक्षा कस्तो हुन्छ? स्वीडेनको उदाहरण दीपराज थापा
कति सम्बन्धलाई असर पार्‍यो होला मेरो 'मुड स्विङ' ले! क्रान्तिशिखा धिताल
यसरी खोलौं कृषिमा विदेशी लगानी  मुराहरि पराजुली

ब्लग

मेरा छोराछोरीहरुले के गरी खालान्, खै! जीवन्त वाग्ले
जागिरे ‘गृहिणी’ ! यमुना अर्याल (काफ्ले)
‘सेटिङ हो साथी सेटिङ, देश नै सेटिङमा चलेको छ!’ कान्ति न्यौपाने
काठमाडौंका घरबेटीलाई सोध्न मन छ- के काठमाडौंमात्रै नेपाल हो?  वीरेन्द्र चौधरी

साहित्यपाटी

छोरीको भाग्य रेखा श्रेष्ठ
एकतर्फी प्रेम राम अधिकारी
पहिलो प्रेम गणेश पौडेल
प्रिय साथी! हेमराज शर्मा

केटाकेटीका कुरा

पानी हाम्रो जीवन  संविद ढकाल
ल्यापटपमा बसेर विद्यालयको वार्षिक उत्सव मनाउनुपर्दा... श्रेया नेपाल
मेरो विद्यालय त खुल्यो तर कोरोना भागेन  रूबस पराजुली
के हात्ती पनि डायनासोर जस्तै लोप होला? अभिप्षा पोख्रेल

पाठक विचार

साथीलाई अन्तिम पत्र मोहन आचार्य
प्रचण्ड-माधवलाई खुलापत्र प्रकाश पाण्डे
टोपबहादुर रायमाझीलाई खुला पत्र टंक घिमिरे
प्रधानमन्त्रीज्यू, तपाईंको झुटा भाषण सुन्दा ताजुब लाग्छ महेश दत्त भट्ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर
शेयर बजार
सुन चाँदि
रेडियो सुन्नुहोस्

सम्पर्क

Setopati Sanchar Pvt. Ltd.

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७

Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194
setopati@gmail.com, info@setopati.com

विज्ञापनका लागि

015544598, 9801123339, 9851123339

सोसल मिडिया

Like us on Facebook

Follow us on Twitter

Subscribe YouTube Channel

Follow us on Instagram

मेनु

सेतोपाटी

  • गृहपृष्ठ
  • फिड

विशेष

  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद

प्रधान सम्पादक

  • अमित ढकाल

सेतोपाटी टीम

  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2021 All rights reserved. Site by: SoftNEP