होटल संघ पोखराले बाढी पहिरोमा अलपत्र परेका पर्यटकलाई पोखरामा खाना र बस्नका लागि नि:शुल्क व्यवस्था गरेको छ।
मनसुनका कारण देशभर बाढी, पहिरो र सडक अवरूद्ध हुँदा धेरै पर्यटक अलपत्र परेका छन्।
जसकारण होटल संघ पोखराले पोखरा र वरपरका क्षेत्रमा अलपत्र वा बिचल्लीमा परेका पर्यटकका लागि निःशुल्क खाना र बासको व्यवस्था गर्ने निर्णय गरेको हो।
साथै, हालको मौसममा पोखरा भ्रमणमा आएका अन्य पर्यटकलाई सदस्य होटलहरूले २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा पनि गरेको छ।