हनुमानढोका दरबार क्षेत्रस्थित नौतले दरबार सर्वसाधारणका लागि खुला गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले मंगलबार उद्घाटन गरेसँगै दरबार सर्वसाधारणका लागि खुला गरिएको हो।
संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्त्व विभागको आयोजनामा सम्पन्न कार्यक्रमपछि १० वर्षपछि दरबार सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।
नौतले दरबार उद्घाटन समारोहमा मन्त्री पाण्डेले नेपालको पुरातात्त्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिए।
‘हाम्रो सम्पदाको चर्चा र प्रचार आवश्यक छ, र नयाँ पुस्तालाई पनि यसबारे जानकारी दिनु आवश्यक छ,’ उनले भने ।
वि.सं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको सो दरबार चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा पुनःनिर्माण अगाडि बढेको थियो।
तस्बिरहरू:
-1747742586.jpg)
-1747742598.jpg)
-1747742584.jpg)
-1747742584.jpg)
-1747742584.jpg)
-1747742585.jpg)
-1747742585.jpg)
-1747742586.jpg)
-1747742588.jpg)
-1747742590.jpg)
-1747742590.jpg)
-1747742589.jpg)
-1747742588.jpg)
-1747742587.jpg)
-1747742589.jpg)
-1747742593.jpg)
-1747742593.jpg)
-1747742594.jpg)
-1747742594.jpg)
-1747742601.jpg)
-1747742601.jpg)
-1747742598.jpg)
-1747742597.jpg)